बाबुराम भट्टराईको नयाँ पार्टीमा श्रीमती उपाध्यक्ष, छोरी र जुवाइँ केन्द्रीय सदस्य

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली समाजवादी पार्टी गठन गरेका छन् । डा.भट्टराईले आफूलाई पहिलो नम्बरमा र महेन्द्र राय यादवलाई दोस्रो अध्यक्ष बनाउँदै पार्टी गठन गरेका हुन् ।

उनको पार्टीको सहअध्यक्ष उनी प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठलाई बनाएका छन् । श्रेष्ठ माओवादी जनयुद्धमा लामो समय होमिएका सिन्धुलीका नेता हुन् ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति भने १८९ सदस्यी छ । पार्टीमा तीन उपाध्यक्ष बनाइएको छ । जसमा पहिलो नम्बरमा डा.भट्टराई पत्नी हिसिला यमीसमेत छिन् । उपाध्यक्षमा जाजरकोट घर भएका नेता भक्तबहादुर शाही र दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई बनाइएको छ ।

डा.भट्टराईले केन्द्रीय समितिमा छोरी मानुषी यमी भट्टराईलाई १० नम्बरमा र जुवाइँ जेकेन्द्र श्रेष्ठलाई ४१ नम्बरमा राखेका छन् । मानुषी र जेकेन्द्र अखिल क्रान्तिकारीमा समेत केन्द्रीय समितिमै रहेर राजनीति गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि डा.भट्टराईले नयाँ पार्टी गठन गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति