निर्वाचन आयोगद्वारा चुनावका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।

निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

सरकारले आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति