खोटाङमा ट्याक्टर चालक मृत फेला

खोटाङ, १९ साउन । खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति