नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा गर्दा ७६० जनामा संक्रमित पुष्टि भएको हो ।

दुई हजार ५८९ जनाको पिसिआर परीक्षणमा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधिमा एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९६९ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति