साढे ११ किलो चरेशसहित एक जना पक्राउ

बझाङ,१९ साउन । बझाङ प्रहरीले साढे ११ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार सु.प.प्र. ०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारील बस्‍ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बस बित्थडचिर गाउँपालिका-८ बागथलास्थित जयपृथ्बी राजमार्गमा चेकजाँच गर्ने क्रममा खडायतलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति