चिनियाँ नागरिक अपहरण गरेर १ करोड फिरौती मागेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिक अपहरण गर्दै एक करोड रुपैयाँ फिरौती माग्दै छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ अपहरणमा परेका ती चिनिया नागरिकको अपहरण भएको सूचनापछि जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनले भने, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन् ।

उनीहरुसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति