मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

काठमाडौँ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमार्फत् प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति