गठबन्धनको बैठक २० साउनमा

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक साउन २० गतेका लागि बोलाइएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला बुधबार बसेको सत्तारूढ दलको शीर्ष तहको बैठकले यही साउन २० गते गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो ।

गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक आगामी शुक्रबार बिहान ९ः३० बजे बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । “सामान्यतया सबै विषयमा छलफल भएको छ । र, गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढ्ने कुरामा सहमति भएको छ । शुक्रबार साढे ९ बजे फेरि गठबन्धनको बैठक बस्छ,” उनले भने ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति