मंसिर ४ मा निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौँ। सत्तारुढ गठबन्धनका दलबीच आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव सम्पन्न गर्न सकिने गरी मिति घोषणाका लागि सरकारलाई सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवा भने मंसिर ४ मा चुनाव गर्ने पक्षमा देखिएका थिए । सो कुरामा अरू नेताहरू पनि मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन् ।

बुधबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न दलहरू सहमत भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति