काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी अर्थ मन्त्रालय नजाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सचिव मरासिनीले आफू अर्थ मन्त्रालय नजाने भन्दै सरुवा गरिदिन भनेका छन् ।
उनी बुधबार पनि अर्थ मन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् ।
गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थ मन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।
खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा हाजिर नहुने बताएपनि शर्माले राजीनामा दिनासाथ काममा फर्किएका थिए । त्यसयता, निरन्तर काम गरेपनि शर्माको पुनः मन्त्रालयमा इन्ट्री भएसँगै विदामा बसेका हुन् ।
प्रधानमन्त्रीले भने अर्थ मन्त्रालयमा अकै सचिव पठाउनेबारे गृहकार्य थालेको स्रोतले बताएको छ ।
प्रतिक्रिया