दुबई लगि अलपत्र पार्ने एक जना पक्राउ

काठमाडौं, १७ साउन । वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलार्य दुबई पठाई अलपत्र पारेका थिए ।

उक्त जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति