भारतबाट किन्दा इन्धनको मूल्य फेरि घट्यो, नेपाली जनताले किन पाउँदैनन सस्तो ?

काठमाडौं, १६ साउन । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थमा भारी मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

अन्तराष्ट्रिय बजरमा इन्धनको मूल्य लगातार घट्दै गएपछि आइओसीले पनि नेपालका लागि मूल्य घटाएर नयाँ सूची पठाएको हो ।

आइओसीले सोमबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको हो । यसअघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।

तर, अन्तर्राष्ट्रिय बजारमा सामान्य मूल्य हेरफेर हुँदा पनि नेपालमा मूल्य बढाइहाल्ने आयल निगमले मूल्य समायोजन गरेको छैन ।निगम व्यवस्थापनले निगम अझै घाटामा रहेको बताउँदै आएको छ । निगमलाई सातामै करिब ७५ करोड नोक्सान हुने बताएको छ ।

निगमले नेपालमा पेट्रोल प्रतिलिटर १ सय ८१, डिजेल र मट्टितेल प्रतिलिटर १सय ७२ रुपैयाँ तथा खान पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री गदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति