बर्दिबास । महोत्तरीको बर्दिवास बजारमा रहेको एक तीन तले भवनमा आगलागी भएको छ ।
सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको सो भवनमा आगलागी भएको हो ।
स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो।
अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ। तल्लो तलामा फेन्सी पसलहरु रहेका छन्।
अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन्
प्रतिक्रिया