काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला, घटना रहस्यमय

काठमाडौं, १६ साउन । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । 

भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा चोटपटक भएकाले घटना शंकास्पद मानिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति