फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते

एजेन्सी । फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन् ।

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सिएनएनले जनाएको छ ।

आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन । गैरसरकारी सस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति