एमाले केन्द्रीय कार्यालयमा खिर खाने कार्यक्रम (फाेटाे फिचर)

काठमाडौँ। नेकपा (एमाले)को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खिर खाने कार्यक्रम अयोजना गरी किसान संस्कृति मनाएको छ ।

सो अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरु टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताए । एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरु सांस्कृतिका खानी भएकाले त्यसका पर्वका नकरात्मक कुरालाई छोड्दै सकरात्मक पक्षलाई मना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सो विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खिर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताए । खिर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति