अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूको माग

काठमाडौं । सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् ।

परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्।

सांसदहरू भीमबहादुर रावल, शिवमाया तुम्बाहाङ्फे, पवित्रा खरेल निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा लगायतले पत्र सार्वजनिक गर्न माग गरेका हुन्।

त्यस्तै, सांसद दिव्यमणि राजभण्डारीले एसपीपी अन्तर्गत अमेरिकाबाट नेपालले के के सहयोग प्राप्त गर्‍यो र के के निर्णय भए, खुलाउन माग गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति