सन्दीप लामिछानेले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौँ, १३ साउन । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुने छ । यस्तै, ६ विकेटको मात्र खेल हुने छ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि अनुबन्ध गरे छ । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति