बञ्चरेडाँडामा १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए ।

सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको उनको भनाइ छ । ढुंगानाले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउनेछ । बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति