स्थायी कमिटी बैठकमा प्रचण्डले भने- ‘आगामी चुनावसम्म हालकै गठबन्धन अघि बढ्छ’

काठमाडौं, १२ साउन । नेकपा माओवादी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालकै सत्तारूढ गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन्।

उनले विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताए।

पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने भनेर बैठकमा प्रचण्डले एजेण्डा राखेका छन्। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने एजेण्डा समेत उनले राखेका छन्।

आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेको र बैठकका एजेण्डा राखेको स्थायी कमिटी सदस्य राम कार्कीले बताए।

स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे पनि बस्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति