काठमाडौं १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेलको च्याप्टर क्लोज भएको पार्टी स्थायी समितिको बैठकमा रिर्पोटिंग गरेका छन् ।
पार्टी कार्यालय पेरिसडांडामा भएको बैठकमा प्रचण्डले भने- ‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ ।’
आजको बैठकमा पार्टी संगठनका अवस्थाका बारेमा स्थायी समिति सदस्य वर्षमान पुनले रिर्पोटिंग गरेका थिए । पुनले केही दिन पहिले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गरेको आगामी निर्वाचनको सम्भावना विषयका रिपोटलाई केही तलमाथि गरेर पेश गरेका थिए ।
स्थायी समितिका एक दस्यका अनुसार पुनले पार्टी भित्रको आफ्नै शक्तिलार्ई समेत कम आंकेर एक्लै चुनाव लडेमा माओवादीले ८ देखि १२ सिट मात्र जित्ने सम्भवाना रहेको बताएका थिए । तर उनले विस्तृ विवरण भने प्रस्तुत गरेनन् । गृहमन्त्री खाणको हवालामा बाहिर आइरेहेको नेपाली प्रहरी र गुप्तचर विभागले गरेको हावादारी आंकलन नै वर्षमान पुनले समेत माओवादी बैठकमा प्रस्ततु गरेका थिए ।
माओवादी केन्द्र र एमालेबीच चनावी तालेमेल गर्नु पर्दछ भन्ने पक्षमा रहेको प्रचार गरिएका पुनले वाम एकता भएमा नेकाले बढी मा ११ सीट ल्याउने दावी गरेका थिए । त्यसैगरी नेका माके गठबन्धन भएमा एमालेले १५ सिटभन्दा बढी नजित्ने पुनले बैठकमा बताएका थिए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका गर्दै प्रचण्डले अन्तत चुनावी तालमेल नेका संग नै हुने दावी गरे ।
प्रचण्डले केही वाम दलहरुबीच समाजवादी केन्द्र बनाउने बारेमा प्रगती भएको बताउंदै आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने सिथति रहेको बताए ।
‘माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि विहान पुनः बस्ने उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
प्रतिक्रिया