माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।

प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति