यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।

शुक्रबार देशभर बदली रहने छ । मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति