मेरो जबले आइपीओ जारी गर्ने

काठमाडौं, १० साउन । मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति