झापामा १२ वर्षीया बालिका र १५ वर्षीया किशोरी बलात्कृत 

झापा, १० साउन । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति पक्राउ गरेको छ ।

मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । 

उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी झापामा नै एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको छ । 

राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।     

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति