अल्पसंख्यक हिन्दु र शिख स्वदेश फर्कनु : तालिबान

एजेन्सी । तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दु र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दु, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए ।

तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दु र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्विटरमार्फत् यस्तो जानकारी दिएको हो ।

वासीले काबुलमा हिन्दु र सिख नेताहरूको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । भेटका क्रममा सुरक्षा समस्याका कारण देखाइ देश छाडेका सबै भारतीय र सिख देशबासीहरू अब अफगानिस्तान फर्कन सक्ने स्मरण उनले गराए ।

यसैबीच, सिख नेताहरूले काबुलको गुरुद्वारामा इस्लामिक स्टेट खोरासान प्रान्त (आइएसकेपी)को आक्रमण रोकेको भन्दै तालिबानलाई धन्यवाद दिएको बुझिएको छ । तालिबानले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति