पहिरोका कारण तीन सडक अवरुद्ध

काठमाडौं, ९ साउन । पहिरोका कारण दैलेख, पर्वत र लमजुङमा सडक अवरुद्ध भएका छन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतारामा सोमबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित मालढुंगा बेनी–सडकखण्डमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट मालढुंगाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा डुम्रे–बेसीशहर सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति