नरबहादुर कर्माचार्यको परिवारलाई भेट्न किराना पसलमै पुगे प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको परिवारसँग भेट गरेका छन् । सोमबार बिहान कर्मचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट गर्न ललितपुरको कुम्भेश्वरमा पुगेर भेट गरेका हुन् ।

प्रचण्डसहित माओवादीका नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए ।

उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यापर्ण गरेका थिए । कर्माचार्यको भाइ, बुहारीलगायत आफन्तजनसँग प्रचण्डले भेट गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन् । पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति