सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ५७९ परकम्प गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति