महोत्तरी । लागु औषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान्, श्रीमती प्रदीप सेन्चुरी र दिलमाया भुजेल, प्रदीपका आफ्न्त २२ वर्षीय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।
आज अपरान्ह औरही कठुधारास्थित प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट–१० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरिका अनुसार तिनै जना बर्दिबास–सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा शंकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।
पक्राउ परेका उनीहरु अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा छन् । उनीहरुलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
प्रतिक्रिया