पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु, १६ घाइते

पाल्पा, ८ साउन । पाल्पामा भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई जिल्ला सदरमुकाम तानसेनका २ अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

बाग्लुङ्ग बुर्तिवाङ्गदेखि बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटनामा हुँदा २ महिला र ४ पुरुष गरी ६ जनाको घटनास्थलमै ज्यान गएको स्थानीय हार्थोक प्रहरी चौकीले जनाएको छ ।

१६ जनालाई उद्धार गरी पाल्पा सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज र युनाईटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ८० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति