बिर्तामोड । झापाको केचनाकेवल गाउँपालिका–५ मा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् ।
आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिएका छन् ।
मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब साढे ७ बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए ।
ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएका छन् ।
प्रतिक्रिया