टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड 

बेइजिङ, ८ साउन (एजेन्सी) । आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा  लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो । 

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो । 

न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए । लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति