आगामी निर्वाचनबाट देशको नेतृत्व माआवादीले गर्ने प्रचण्डको दाबी

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए ।

प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति