प्रेस युनियनको महाधिवेसन आजवाट

हेटौडा, ६ साउन । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन ।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षवाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन । 

‘आज प्रधानमन्त्रीले नवौं महाधिवेसनको उदघाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले न्युज कारखानासँग भने, ‘भोली मतदान हुने र भोली नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’ 

सो महाधिवेसनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।

उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहवाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल  र इत्तर समुहवाट दिलिप पौडेल बिच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहवाट बिष्णु क्षेत्री रहेका छन भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन ।

केन्द्रिय उपाध्यक्ष सुदुरपश्चिमका लागि हरिश भट्टलगायत छन भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्र्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आईपुगेका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति