तीन वटा संसदीय समितिको बैठक सिंहदरवारमा बस्दै

काठमाडौं, ६ साउन । संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो। 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितको सभा कक्षमा बस्नेछ भने उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिंचाई आयोजना र विद्युत प्रशारण आयोजनाको हालको कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र सम्बन्धित आयोजनाहरुसँग छलफल गरिनेछ ।

यसैगरी, विकास तथा प्रविधि समितिको बैठक पनि बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ, जसमा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ। 

स्वास्थ्य बीमामा देखिएका समस्या, गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्धमा, कोभिड १९ को संक्रमण दर बढेको, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदनका लगायतका विषयमा छलफल गर्न शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि आजै बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति