लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लमजुङ, ६ साउन । पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि बिहिवार  साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । 

बिहिवार  जिल्ला अदालत लमजुङबाट  म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति