नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ५ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेशी, धादिङमा निवेदन दिनुपर्नेछ ।

यसअघि १९ जेठदेखि बिक्रीमा ल्याएको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति