ढिला गरी सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौँ । पंकजबिक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (बिहीबार) कार्यसमिति बैठक सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८ः३० मा मात्रै सुरु भएको थियो ।

गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो ।

बैठकमा विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल)देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दबाबमा पर्न सक्छन् ।

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुँदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति