स्पेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २–१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।

अब, फाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासँग खेल्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति