देश बनाउने दायित्व साझा : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृंखलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठुलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए ।

सहरी विकास मन्त्रीमा नियुक्त भएलगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यसखाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए ।

सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो । त्यसैगरि कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा.रमेश सिंह, सहसचिव पद्मकुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा.इन्द्रप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति