काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहर एक हप्ता नउठ्ने भएको छ । उपत्यकाको फोहरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण सूचारु गर्न फोहरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाइ उत्पन्न हुने भएकाले महानगरले एक हप्ता फोहर नउठाउने भएको हो ।
बुधबार सूचना प्रकाशित गरी महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नका लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन सहरी विकास तथा भवन विभागबाट लेखी आएको जनाएको छ ।
उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टछुट्टै राखी दिन पनि महानगरले आग्रह गरेको छ ।
प्रतिक्रिया