काठमाडौँ । प्रि–सिजन टुरअन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सिएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुवै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मबजुद प्रदर्शन गरेको जाभिको टिमले पूरै समय मियामीलाई दबाबमा राखेको थियो ।
बार्सिलोनाको जितमा पिएरे इम्रिक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी, मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे ।
अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रिड र युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
प्रतिक्रिया