आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन बनाउँदैन : ईश्वर पोखरेल

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएकोे बताएका छन् ।

प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृृद्धि, देश बनाउने सपना जागृत गर्ने बिषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए ।

‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने । स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए ।

वाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाइ थियो । उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे ।

सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति