बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छः प्रचण्ड

काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् ।

आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्टराईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उदेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति