दुई वर्षपछि मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका दुई परिवार राहत

काठमाडौं, १ साउन । मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ ।

२०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनिय सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच(पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।

३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थापा बेपत्ता भएका थिए । सो घटनाको केही दिनपछि थापाको शव मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो भने जनकपुरका इन्जिनियर गोइतको शव बाहुने पाटीमा भेटिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति