सत्ता गठबन्धनले भारतीय हस्तक्षेपलाई बढाएको एमाले महासचिव पोखरेलको आरोप

पोखरा १ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय हस्तक्षेपलाई स्वीकार गरेको आरोप लगाएका छन् । नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई पोखरेलले भारनतीय हस्तक्षेप बताएका हुन् ।

आज पोखरामा पत्रकार भेटघाटका त्रलममा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’

अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको आरोप लगाउंदै उनले भने, ‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ भनेपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ रु’

‘पछिल्लो समय अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको प्रश्न उठिसकेपछि,’ उनले भने, ‘यो यति गम्भीर विषय हो कि कुनै बेला २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कूटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गर्छौं, गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’

उनले भने, ‘अर्थतन्त्र जस्तो संवेदनशील विषयमा अवान्छित व्यक्तिहरुको सहभागीतामा बजेट निर्माण गर्ने खालको कामले समग्र राष्ट्रको शीर झुकेको छ भन्ने मलाई लाग्छ, त्यसैको श्रृंखलाको रुपमा आज सत्ता गठबन्धन फेरि दिल्ली पुग्या छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति