काठमाडौँ । शुक्रबार भारतको नयाँदिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।
यसअघि नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध’ विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले शनिबार दिउँसो नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए ।
भारतीय सत्तारुढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँदिल्ली पुगेका प्रचण्ड आइतबार नेपाल फर्किने कार्यक्रम छ । त्यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेट गर्ने प्रचण्डको सचिवालयल जनाएको छ ।
प्रतिक्रिया