उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटना

काठमाडौँ । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको थियो ।

दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

कार्गो विमान कति यात्रु थिए र दुर्घटनामा बाँचेका थिए कि भनेर तत्कालै थाहा हुन सकेको छैन ।

ग्रीसको सञ्चार माधयम इआरटीले उक्त विमानले १२ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति