श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना र इन्धन राहत कार्यक्रम लागु गर्ने

काठमाडौँ । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

जुलाई १६ गते मन्त्री तथा सांसद्हरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।

कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ ।

छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति